• गृहपृष्ठ
  • डाबर नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख हस्तान्तरण

डाबर नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख हस्तान्तरण

Nov 24th, 2023

काठमाडौं, मंसिर ८

डाबर नेपालले भूकम्प पिडितको राहतको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाखको चेक हस्तान्तरण गरेको छ ।

डाबर नेपालले बिनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरु प्रति दुख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

डाबर नेपाल यस संकटको घडीमा भूकम्प प्रभावित जिल्लाका जनतासंग ऐक्यवदतामा उभिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई कम्पनीका अध्यक्ष श्रीमती इश्वरी राणा तथा व्यवसाय प्रमुख हरकिरत सिंह बेदी तथा कम्पनीका वरिष्ठ अधिकारीहरुले चेक हस्तान्तरण गरेको थियो ।