• गृहपृष्ठ
  • फेडेरल रिईन्स्योरेन्स ब्रोकर ‘बेस्ट ब्रोकर अफ द इयर’ अवार्डबाट सम्मानित

फेडेरल रिईन्स्योरेन्स ब्रोकर ‘बेस्ट ब्रोकर अफ द इयर’ अवार्डबाट सम्मानित

Nov 24th, 2023

काठमाडौं, मंसिर ८

इमर्जिङ एसिया इन्स्योरेन्स अवार्डबाट फेडेरल रि- इन्स्योरेन्स ब्रोकर्स लिमिटेड सम्मानित भएको छ । इन्डियन चेम्बर अफ कमर्स (आईसीसी) द्वारा भारतको मुम्बईमा आयोजित चौथो इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ अवार्ड–२०२३ मा नेपालको तर्फबाट ‘वेष्ट ब्रोकर अफ दि इयर २०२२–२०२३’ को रुपमा सम्मानित भएको हो । 

बलियो कर्पोरेट शासन, लचिलोपन, रणनीतिक गठबन्धन र कार्य व्यवस्थापन गुणस्तरीयताका आधारमा नेपालको तर्फबाट रि इन्स्योरेन्स ब्रोकरबाट फेडेरल रि-इन्स्योरेन्स ब्रोकरलाई उक्त सम्मान गरिएको हो । फेडेरल रि- इन्स्योरेन्स ब्रोकर लिमिटेड नेपालको पहिलो रि- इन्स्योरेन्स ब्रोकर कम्पनी हो । साथै फेडेरल रि इन्स्योरेन्स ब्रोकर नेपालमा पहिलो तथा एकमात्रै आइएसओ सर्टिफिकेट प्राप्त संस्था हो ।

विश्वव्यापी रुपमा दर्जनौं प्रख्यात बीमा कम्पनीहरु, पुनर्बीमा कम्पनी, ब्रोकर र जोखिम व्यवस्थापन फर्महरुसँग रणनीकित गठबन्धन रहेको छ । वेष्ट ब्रोकर अफ दि इयर अवार्डसँँगै प्रतिष्ठित अन्तरराष्ट्रिय बेष्ट इन्स्योरेन्स ब्रोकर अवार्ड प्राप्त गर्ने नेपालको पहिलो पुनर्बीमा ब्रोकर कम्पनी बनेको छ । 

सम्मेलनमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान, मालदिभ्स, थाइल्याण्ड, म्यानमारका बीमा कम्पनीका प्रतिनिधि तथा बीमाकर्मीहरुको सहभागिता थियो ।