• गृहपृष्ठ
  • तीनकुनेबाट दुर्गा प्रसाईंका २६ जना समर्थक पक्राउ

तीनकुनेबाट दुर्गा प्रसाईंका २६ जना समर्थक पक्राउ

Nov 24th, 2023

काठमाडौं, मंसिर ८

मेडिकल व्यवसायी तथा गणतन्त्रविरोधी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को समर्थनमा निस्किएका २६ जनालाई प्रहरीले काठमाडाैंकाे तिनकुने बाट पक्राउ गरेको छ ।

प्रसाईंले प्रदर्शन स्थल घोषणा गरेको काठमाडाैंकाे तीनकुनेबाट अहिलेसम्म २६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुले जानकारी दिएको छ । तीनकुनेबाट पक्राउ पर्नेमा राप्रपामा आवद्ध पशुपति कठायत, श्याम तिमल्सिना र आङनिमा शेर्पासहित २६ जना रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रदर्शनमा सहभागी हुन तीनकुने आउन लागेका प्रसाईंलाई उनको निवासमै रोकेको छ ।