दुर्गा प्रसाईं आफ्नै घरमा नजरबन्द

Nov 24th, 2023

काठमाडौँ ८ मंसिर

मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंको भक्तपुरस्थित निवासमा नजरबन्दमा परेका छन् । उनकाने निवासमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचलन गरिएको छ।

राजधानीको तीनकुने क्षेत्रमा शुक्रबार प्रदर्शन गर्ने घोषणा गरेका प्रसाईं निवासमै रहँदा परिसरमा बाक्लो संख्यामा परिचालन गरिएको हो ।

प्रसाईंका प्रेस संयोजक सज्जन पोखरेले निवास वरपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको र आउजाउ गर्नेमाथि खोधपुछ र अवरोधको प्रयास भएको बताएका छन् ।