• गृहपृष्ठ
  • नवीन विशेषताहरु र आकर्षक डिजाइनमा निपूर्ण भिभो भी२९ फाइभजी सिरिज

नवीन विशेषताहरु र आकर्षक डिजाइनमा निपूर्ण भिभो भी२९ फाइभजी सिरिज

Nov 23rd, 2023

काठमाडौं, मंसिर ७
भिभो भी सिरिजले स्मार्टफोन उद्योगमा आफ्नो अत्याधुनिक टेक्नोलोजीको साथै नवीन दृष्टिकोणसहित प्रभावशाली छाप छोडेको छ । भी सिरिजको नयाँ स्मार्टफोन भी२९ फाइभजी र भी२९ई यसको ज्वलन्त प्रमाण हो । उत्कृष्ट प्राविधिक र आकर्षक डिजाइन भएको भी२९ फाइभजी सिरिज स्मार्टफोन मात्र नभएर यो यस्तो उपकरण हो जसले स्मार्टफोन फोटोग्राफी र डिजाइनको पुनः परिभाषित गर्दछ । भिभोले नवीनता साथ साथै डिजाइनमा केन्द्रित उपकरणहरु निर्माण गरेर एउटा अलग स्थान बनाउन सफल भएको छ ।

यसको डिजाइन, क्यामेराको क्षमता र कार्यसम्पादनको बारेमा वृस्तितमा हेरौंः
क्यामेरा: रमणीय पलहरू सिर्जना गर्न देखि यादहरू कैद गर्न

भी२९ फाइभजी सिरिजले स्मार्टफोन फोटोग्राफीको सीमालाई वृद्धि गर्ने भिभोको विरासतलाई निरन्तरता दिएको छ । स्मार्ट औरा लाइट पोट्र्रेट, स्मार्ट कलर टेम्परेचर एडजस्टमेन्ट, सुपर ग्रुप भिडियो, सुपर मुन मोड र एस्ट्रो मोड जस्ता विशेषताहरूसँग यसले सुक्ष्म विवरणहरू, जीवन्त रङहरू खिच्न र आश्चर्यजनक पोट्र्रेटहरू सिर्जना गर्न मद्दत गर्दछ । यो एक फोटोग्राफी पावरहाउस हो जुन हरेक क्षणलाई जादूमय ढंगबाट कैद गर्न डिजाइन गरिएको हो । दुबै भी२९ फाइभजी र भी२९ई फाइभजी ले फोटोग्राफीलाई अगाडि ल्याउने क्यामेरा सेटअप प्रदर्शन गर्दछ । भी२९ फाइभजी मा, ५० एमपी ओआईएस अल्ट्रा–सेन्सिङ क्यामेरा, ८एमपी अल्ट्रा वाइड–एंगल क्यामेरा र २ एमपी मोनोक्रोम क्यामेरा रहेको छ जसले गुणस्तरीय फोटो प्रदान गर्दछ । भी२९ई फाइभजी मा ६४ एमपी अल्ट्रा–सेन्सिङ क्यामेरा, ८ एमपी अल्ट्रा वाइड–एंगल क्यामेरा, र २एक्स प्रोफेशनल पोट्र्रेट मोडहरू छन् । यी सुविधाहरूले प्रयोगकर्ताहरूले प्यानोरामिक शटहरूदेखि लिएर उत्कृष्ट पोट्र्रेटहरू सम्म सजिलै खिच्न सक्छन् ।

डिजाइनः सरलताको साथ सौन्दर्यशास्त्र
भिभो भी२९ फाइभजी सिरिज भिभोको सुरुचिपूर्ण डिजाइनप्रतिको प्रतिबद्धताको प्रमाण हो । यो स्मार्टफोनमा स्लिम प्रोफाइल बडी र हल्का तौल रहेको छ । भी२९ फाइभजीमा उद्योगकै पहिलो “इनोभेटिभ थ्रीडी म्याग्नेटिक पार्टिकल” प्रविधि प्रयोग गरिएको छ जसले फोनको पछाडिको प्यानलमा आकर्षक पिक ब्लू रङ प्रदान गर्दछ । साथै नोबेल ब्ल्याक कलरमा फ्लोराइट एजी ग्लास रहेको छ जसमा भएको न्यानो–स्केल फोटो इचिंग टेक्निकले स्थायित्व प्रदान गदै स्टेन रेसिस्टेन्ट बनाउँछ ।
त्यस्तै भी२९ई फाइभजीमा रोज गोल्डको लागि नानो–स्केल फोटोइचिङ प्रविधि र फरेस्ट ब्ल्याकको लागि फ्लोराइट एजी ग्लास रहेको छ । यी डिजाइनले सौन्दर्यता बढाउनुका साथै स्थायित्व प्रदान गर्दछ । भी२९ई को स्लिम फ्ल्याट फ्रेमले यसको सौन्दर्यता थप्नुका साथै समग्र प्रयोगकर्ता अनुभव वृद्धि गर्दछ ।

दुवै भी२९ फाइभजी र भी२९ई फाइभजीमा १२० हर्ट्जको रिफ्रेस रेट रहेको छ जसले प्रयोगकर्ताहरूको भियूङ्ग अनुभवलाई पुनः परिभाषित गर्दछ । हरेक पटक स्वाइप वा स्क्रोल गर्दा प्राकृतिक र सहज अन्तरक्रिया महसुस गर्न सकिन्छ ।

पर्फमेन्शः तपाईंको द्रुत–गति जीवनशैलीलाई पावर गर्दै
भी२९ फाइभजी मा क्वालकम स्न्यापड्रेगन ७७८ प्रोसेसर रहेको छ जसले सिमलेस मल्टिटास्किङ र सहज गेमिङ अनुभवहरू सुनिश्चित गर्दछ । यो १२जीवी र्याम र २५६जीवी स्टोरेज भरियन्टका साथ आउँछ । यसैबीच, भरपर्दो कार्यसम्पादनका लागि भी२९ई फाइभजी क्वालकम स्न्यापड्रेगन ६९५ प्रोसेसर र प्राइभजी कनेक्टिभिटीको साथ आउँछ । यसमा ८जीवी र्याम र २५६जीवी स्टोरेज रहेको छ जसले गर्दा दक्षता र पर्याप्त ठाउँको सन्तुलन कायम भएको छ । तपाईं चाहे अनौपचारिक प्रयोगकर्ता वा पावर प्रयोगकर्ता हुनुहुन्छ, यी उपकरणहरुले तपाईंको आवश्यकताहरू पूरा गर्छन् । ब्याट्रीको बारेमा कुरा गर्दा, भी२९ फाइभजीमा ४६०० एमएएच ब्याट्री र ८० वाट्टको फ्ल्यासचार्ज रहेको छ जसले तपाईंलाई सधैं कनेक्टेड राख्दछ । त्यस्तै भी२९ई फाइभजीमा ४८०० एमएएच ब्याट्री रहेको छ जसले तपाईंलाई निर्बाध रुपमा काम गर्न, गेमिङ वा स्ट्रिमिङ गर्न मद्दत गर्दछ ।

भिभो भी२९ फाइभजी सिरिज स्मार्टफोन बजारमा उत्कृष्ट डिजाइन र अत्याधुनिक प्रविधिको प्रतीकको रूपमा प्रस्तुत भएको छ । यसको आकर्षक सौन्द्रयशास्त्र, शक्तिशाली क्यामेरा क्षमताहरू, सिमलेस कार्यसम्पादन र लामो समयसम्म चल्ने ब्याट्री लाइफका साथ भिभो नेपाली बजारमा निकै सफल भएको छ । यी उपकरणहरूले आधुनिक प्रयोगकर्ताहरूको आवश्यकताहरू पूरा गर्दछ, हरेक पक्षमा उत्कृष्ट अनुभव प्रदान गर्दछ । यदि तपाईं डिजाइन, फोटोग्राफी, कार्यसम्पादन र ब्याट्री जीवनमा उत्कृष्ट भएको स्मार्टफोन खोज्दै हुनुहुन्छ भने, भिभो भी२९ फाइभजी सिरिज तपाईंका लागि उत्कृष्ट विकल्प हो । नेपाली बजारमा भी२९ फाइभजी रु ५९,९९९ र भी२९ई फाइभजी रु ४२,९९९ मा उपलब्ध रहेको छ । यो उत्कृष्ट स्मार्टफोनको साथमा आफ्नो अनुभव वृद्धि गर्न तयार हुनुहोस् ।