• गृहपृष्ठ
  • बल्खुमा दुर्गा प्रसाईं पक्ष र प्रहरीबीच झडप

बल्खुमा दुर्गा प्रसाईं पक्ष र प्रहरीबीच झडप

Nov 23rd, 2023

काठमाडौं, मंसिर ७

काठमाडौंको बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बिहीबार आयोजना गरेको सभाका क्रममा झडप भएको छ । झडपमा दुईजना घाइते भएका छन् । प्रसाईं पक्ष र प्रहरीबीच झडप भएको हाे।

बिहीबार दिउँसो प्रदर्शनकारीहरू बल्खु चोकबाट कुलेश्वरतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो। प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको छ।

घाइतेलाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा लगिएको छ । 

प्रसाईंका समर्थकले बल्खुमा पार्किङ गरेर राखिएका मोटरसाइकलहरू लडाएका थिए । 

एमालेको युवा संगठन युवा संघका कार्यकर्ताले ढुंगा हानेको उनीहरूको आरोप छ । त्यस्तै, आफूहरूको मोटरसाइकल र्‍यालीमाथि अर्को समूहले ढुंगामुढा गरेको एमाले समर्थकले आरोप लगाएका छन् ।