गोदावरी खोलामा करिडोर निर्माण अलपत्र

Nov 23rd, 2023

ललितपुर, मंसिर ७

गोदावरी खोलामा करिडोर निर्माण सुरु नै नभई अलपत्र परेको छ ।
काठमाडौं उपत्यका नगर विकाश प्राधिकरणले चार करोड बजेट विनियोजन गरेको भए पनि काम भने सुरु भएको छैन ।
करिडोर निर्माण सुरु नहुँदा नदि फोहोर हुने क्रम बढेको गोदावरी क्षेत्र खोला सरसफाई अभियानकी अभियन्ता बेबी राजभण्डारी बताउछिन् ।

महालक्ष्मी ५ का वडाध्यक्ष कपिल केसी र वडा ७ का वडाध्यक्ष बाबुराजा महर्जनले सडक निर्माण नगरि ढल लगायतको संरचना पहिले नै निर्माण गर्न सम्भव नहुने बताउछन् । दुई वडाध्यक्ष देखावटी र धमिलाे पानिमा माछा मार्ने जस्ताे गरिएका छन् ।
अधिकार सम्पन्न वागमती सभ्यता एकिकृत विकाश समितीले गोदावरी खोलाको वरपर दुवैतर्फ सडक, ढललगायतको संरचना निर्माणका लागि डिपिआर बनाउन सुरु गरेको छ ।महालक्ष्मी नगरपालिकाले कर्मनासा खोलाका लागि चार करोड बजेट विनियोजन गरेर काम सुरु गरेको छ । यो करिडोरको नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठले केही समयअघि शिलान्याश गरिसकेका छन् ।