• गृहपृष्ठ
  • भोलि अत्यावश्यक अवस्थामा बाहेक सवारी साधन ननिकाल्न ट्राफिक प्रहरीको अनुरोध

भोलि अत्यावश्यक अवस्थामा बाहेक सवारी साधन ननिकाल्न ट्राफिक प्रहरीको अनुरोध

Nov 22nd, 2023

काठमाडौं, मंसिर ६

उपत्यका ट्राफिक प्रहरी कार्यालयले भोलि (बिहीबार) अत्यावश्यक अवस्थामा बाहेक सवारी साधनको प्रयोग नगर्न आग्रह गरेको छ ।

राजधानीमा बिहीबार हुने जनप्रदर्शनलाई मध्यनजर राख्दै अत्यावश्यक अवस्थामा बाहेक घरबाट सवारी साधन लिएर ननिस्कन ट्राफिक प्रहरीले भनेको हो ।

काठमाडौं उपत्यकाभर बिहीबार सवारी आवगमनमा असहज अवस्था आउन सक्ने भएकाले अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन र सडकमा निस्किनभन्दा पहिले १०० वा १०३ मा फोन गर्न तथा ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनेर सडकको अवस्थाको जानकारी लिन पनि ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

सडकको अवस्था तथा सुरक्षाका कारण जुनसुकै ठाउँबाट पनि सवारी साधन डाइभर्ट गर्न सक्ने पनि ट्राफिक प्रहरी कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।