ललितपुरले किन्यो दुईवटा दमकल

Nov 22nd, 2023

ललितपुर, मंसिर ६

ललितपुर महानगरपालिका विपद् व्यवस्थापन तथा न्यूनिकरणकाे लागि दुईवटा अत्याधुनिक प्रविधिका दमकल किनेकाे छ।

महानरले बुधबार एक कार्यक्रमकाे आयाेजना गरी दमकल सार्वजनिक गरेकाे हाे। दमकल महानगर प्रमुख चिरिबाबु महर्जनले विपद् व्यवस्थापनकाे टाेलीलाई हस्तान्तरण गरेका छन्।

महानगरले एक सय मिटर भन्दा धेरै टाढासम्म पानीको फोस फाल्न सक्ने इसुजी कम्पनीका दुईवटा अत्याधुनिक प्रविधिको दमकल किनेको हो । महानगरले उक्त दमकल‍ ५ पाँच करोड ६५ लाखमा किनेको छ।