• गृहपृष्ठ
  • मंसिर ७ काे आन्दोलनका लागि ललितपुर युवा संघ र खेलकुद महासंघकाे व्यापक तयारी

मंसिर ७ काे आन्दोलनका लागि ललितपुर युवा संघ र खेलकुद महासंघकाे व्यापक तयारी

Nov 22nd, 2023

ललितपुर, मंसिर ६

प्रतिपक्षी दल नेकपा एमाले यही मंसिर ७ गते आन्दोलनका लागि ललितपुरमा युवा संघ र खेलकुद महासंघकाे व्यापक तयारीमा रहेकाे छ ।

भ्रातृ संगठन युवा संघ नेपालले भ्रष्टाचार र अनियमितता, राज्यको अकर्मण्यता, सामाजिक सद्भाव भड्काउनेविरुद्ध गर्न लागेको आन्दोलनको स्वामित्व दलले लिइसकेको छ ।

याे आन्दोलन दुर्गा प्रसाई विरूद्व नभएर सरकारको अकर्मण्यता, मूल्यवृद्धि, व्यवस्था विरोधीहरुका विरुद्ध प्रदर्शन गर्न लागेकाे एमाले एक नेताले बताए ।

यसै दिन व्यवसायी प्रसाईंले अराजनैतिक र भ्रष्ट नीति तथा राष्ट्र जाेगाउने विरोधका लागि आन्दोलन गर्न लागेको जनाएका छन् ।