• गृहपृष्ठ
  • रुक्साना कपाली बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा

रुक्साना कपाली बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा

Nov 21st, 2023

काठमाडौं, मंसिर ५

विश्वभरका १०० प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली परेकी छन् । बीबीसीले सन् २०२३ का लागि विश्वभरका १०० प्रेरणादायी र प्रभावशाली महिलाको सार्वजनिक गरेको सूचीमा रुक्साना कपाली पनि परेकी छन् ।

प्रत्येक वर्ष विश्वभरका १०० प्रेरणादायी र प्रभावशाली महिलाको सूची सार्वजनिक गर्दै आएको बीबीसीले यस वर्षको सूचीमा कपालीको नाम पनि समावेश गरेको हो । कानूनकी विद्यार्थी रुक्साना कपालीले फरक लैंगिक पहिचान भएका मानिसको अधिकारका मुद्दा उठाउँदै आएकी छन् ।