• गृहपृष्ठ
  • नेपाल एसबिआई मर्चेन्टको आठौं वार्षिक साधारणसभा सम्पन्न

नेपाल एसबिआई मर्चेन्टको आठौं वार्षिक साधारणसभा सम्पन्न

Nov 21st, 2023

काठमाडौं, मंसिर ५

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा नेपाल एसबिआई बैंकको प्रधान कार्यालय, कमलादी, काठमाडौंमा सम्पन्न भएको हो । उक्त सभाले कम्पनीको आर्थिक वर्ष २०७९/८० को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।

साथै यस आठौं वार्षिक साधारण सभाले कम्पनीमा रिक्त रहेको स्वतन्त्र संचालक पदमा नन्दन हरि शर्मालाई ४ (चार) वर्षका लागि नियुक्त गरेको जनाइएको छ । साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को कम्पनीको लेखापरीक्षण गर्नका लागि एपि एण्ड एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक अनुमोदन गरेको छ ।