आज नेपाल र यमन भिड्दै

Nov 21st, 2023

काठमाडौं, मंसिर ५

विश्वकप फुटबलको एशियन छनोटमा नेपालले आज मंगलवार यमनसँग खेल्दैछ ।

नेपालले यमनसँग दोस्रो चरणको खेल घरेलु मैदानमा खेल्न लागेको हो । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ७ बजे शुरु हुनेछ । नेपालले दोस्रो चरणको युएईबिरुद्धको पहिलो लेगमा ४–० को हार व्यहोरेको थियो ।

फिफा वरियताको १ सय ५६ औं स्थानमा रहेको यमनबिरुद्ध नेपाल घरेलु मैदानमा अंक जोड्ने प्रयासमा हुनेछ । नेपाल फिफा वरियतामा १ सय ७३ औं स्थानमा छ ।