महिला टी–२० सिरिजमा नेपाल तेस्रो

Nov 19th, 2023

काठमाडौं, मंसिर ३

चार देश सम्मिलित महिला टि–२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । नेपाल जापानलाई ४५ रनले हराउँदै तेस्रो भएको हो ।

नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो । एक सय १६ रनको विजयी लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७० रन बनायो ।