• गृहपृष्ठ
  • समाजसेवी थापाद्वारा पुरस्कार प्रायोजन

समाजसेवी थापाद्वारा पुरस्कार प्रायोजन

Nov 18th, 2023

काठमाडौं, मंसिर २
युवा समाजसेवी बाबुराम थापाले आफ्नो गृह जिल्ला तेह्रथुममा दिपावली मेला अन्तर्गत मंसीर २ गते देखि ८ गतेसम्म हुने फुटबल प्रतियोगितामा दिइने पुरस्कार रकम प्रायोजन गर्ने भएका हुन् । पछिल्लो ४१ वर्ष देखि निरन्तर हुँदै आएको दिपावली मेला यस वर्ष आठराई गापा–५, छातेढुङ्गामा रहेको श्री पोखरी माविको खेल मैदानमा हुँदैछ ।

विगत लामो समय देखि समाजसेवामा रहेका थापाले यस अघि पनि पटक–पटक खेलकुद प्रतियोगिताहरुमा पुरस्कार प्रायोजन गर्दै आएका थिए ।

खेलकुद क्षेत्रमा लागेका युवाहरुमा हौसला प्रदान होस् भन्ने हेतुले आफुले सहयोग गर्दै आएको थापाले बताए । नेकपा एमाले कोशी प्रदेश कमिटि सदस्य रहेका थापा अखिल नेपाल किसान महासंघका महासचिव पनि हुन् ।