• गृहपृष्ठ
  • बालकोट चोकमा शालक्य डेन्टल क्लिनिक शुभारम्भ

बालकोट चोकमा शालक्य डेन्टल क्लिनिक शुभारम्भ

Nov 17th, 2023

भक्तपुर ,१ मङ्सिर

भक्तपुर बालकोटका युवा डाक्टरको टीमले सुर्यबिनायक नगर पालिकाको बालकोट चोकमा शालक्य डेन्टल क्लिनिकको शुभारम्भ गरेका छन् । बालकोटका समाजसेवी रोहित बहादुर रानाक्षेत्रीले क्लिनिक उद्घाटन गरेका हुन । क्लिनिकले आजलाइ निशुल्क दन्त परिक्षण सुरु गरेको छ ।

भोलीबाट दन्त परीक्षण गर्नेलाइ केही समय बिशेष छुटको ब्यबस्था मिलाईएको क्लिनिकका प्रोपाईटर डा. सवनम रानाभाटले जानकारी गराईन । बिशेष गरि सुर्यबिनायक , मध्यपुर र महालक्ष्मी नगरपालिकाका जनतालाई सेवा दिने लक्षका साथ खोलिएको डेन्टल क्लिनिकमा हरेक समय डाक्टरको उपस्थितीमा दॅातको परीक्षण गर्ने र समस्या अनुसार उपचार गरी स्वस्थ बनाउने उदेश्य रहेको प्रोपाईटर रानाभाटले जानकारी दिईन । आजको निशुल्क शिबिरमा ५०० जनाले निशुल्क परीक्षण गराएका छन् ।