• गृहपृष्ठ
  • टिकटक बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट

टिकटक बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट

Nov 17th, 2023

काठमाडौँ २ मंसिर

टिकटक बन्द गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । लगिएको छ । टिकटक बन्दको निर्णय अभिव्यक्ति स्वतन्त्रविरुद्ध रहेकाले खारेजीको माग गर्दै सर्वोच्चमा रिट लगिएको हो । गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

अधिवक्ता दिनेश त्रिपाठी शुक्रबार रिट लिएर सर्वोच्च अदालत गएका हुन् । टिकटक बन्द हुँदा संवैधानिक लोकतन्त्र, नागरिकका हक एवं स्वतन्त्रताहरु विधिको शासन अनुसार हुनुपर्नेम त्यसो नभएको रिट निवेदनमा जिकिर गरिएको छ । अभिव्यक्ति स्वतन्त्रताको समेत हनन हुने दाबी गर्दै त्रिपाठीले टिकटक बन्द गर्ने सरकारको निर्णय बदरको माग गरेका छन् ।

सरकारले टिकटक बन्द गर्ने निर्णय गर्दा सामाजिक सद्भाव खल्बल्याउन टिकटकको प्रयोग भएको भन्दै सामाजिक, सांस्कृतिक सहिष्णुता कायम राख्न ‘तत्कालका लागि’ टिकटक बन्द गर्ने निर्णय गरेको थियो।