• गृहपृष्ठ
  • बद्लिएको तिहारः देउसी–भैलोमा मुख फोरेर पैसा माग्ने प्रवृत्तिमा परिवर्तन !

बद्लिएको तिहारः देउसी–भैलोमा मुख फोरेर पैसा माग्ने प्रवृत्तिमा परिवर्तन !

Nov 14th, 2023

काठमाडौं, कार्तिक २८
देंउसी–भैलो तिहारको रौनक हो । नेपालीहरुको दोस्रो ठूलो महान् चाड तिहारमा लक्ष्मीपूजा गरेपछि देउसी–भैलो खेल्न शुरु गरिन्छ । बालबच्चादेखि लिएर बुढापाकासम्मले देउसी–भैलो खेल्ने गर्दछन् । देउसी–भैलो खेलेर परम्परालाई निरन्तरता दिइरहनु राम्रो विषय हो । विश्वव्यापी महामारी कोरोनाले गर्दा बीचमा देउसी–भैलो खेल्ने क्रम सुस्ताएको थियो । यो वर्ष देउसी–भैलो खेल्नेहरु विगतभन्दा धेरै नै देखिन्छ । देउसी–भैलो खेल्नु नेपालीको संस्कृतिभित्र पर्दछ । तर, पछिल्लो केही वर्षयता देउसी–भैलो खेल्ने नाममा विकृति मौलाएको छ । पैसाका लागि देउसी–भैलो खेल्ने गरिएको छ । देउसी–भैलोमा आफ्नो गच्छअनुसारको दान दिने हो । यसलाई ‘कात्तिकको दान’ पनि भनिन्छ । यद्यपि, देउसी–भैलो खेल्न आउनेहरुले मुख फोरैर पैसा माग्ने गरेका छन् । जसका कारण कतिपय स्थानीय तहले देउसी–भैलो खेल्न आउने टोलीलाई दिने रकमसमेत तोकिदिएको छ ।
यो वर्ष भने विगतका वर्षभन्दा परिस्थिति केही फेरिएको पाइएको छ । देउसी–भैलो खेल्न आउनेहरु दिएको पैसा लिएर चुपचाप गएका छन् । पाँच रुपैयाँ होस् या दश रुपैयाँ उनीहरुले समात्छन् । पहिलेजस्तो यति रुपैयाँ चाहिन्छ भनेर माग गरेको पाइँदैन् । यो राम्रो कुरा हो । दान आफ्नो इच्छाअनुसार गरिन्छ । घण्टौं जबरजस्ती गरेर भट्टाइरहने प्रवृत्तिमा परिवर्तन आएको छ ।
यसलाई सकारात्मक रुपमा लिनुपर्छ । चाडबाड पैसाका लागि मनाउने होइन् । आफ्नो संस्कृतिको जगेर्ना सँगसँगै मनोरञ्जनका लागि चाडबाड मनाउनुपर्छ । पैसाको मुख हेर्न थाल्यो भने हाम्रो संस्कृतिको अस्तित्व नै धर्मराउँछ । चाडबाड रमाइलोको अर्को नाम हो । बुढापाकाले भन्थें,‘पैसाको धेरै महत्व हुन्छ । पैसाको अस्तित्व चिन्न मान्छेले मात्र प्रगति गर्छ ।’ सानो पैसा पनि त्यतिबेला ठूलो हुन्थ्यो ।

तर, पछिल्लो समय नेपालीहरुले ५, १०, २० रुपैयाँ पैसा होइन् भन्ने गर्दथें । पाँच रुपैयाँ पनि पैसा हो र जस्तो गर्दथें । यता, घरघरमा सहयोग माग्न आउनेहरुले समेत ५० रुपैयाँभन्दा कम पैसा लिन मान्दैनथें । २० रुपैयाँ झिकेर दियो भने यति थोरै पैसा पनि लिन्छ भनेर छोडेर हिड्थें । हिजो दिँउसो भीमसेनगोलामा देउसी–भैलो खेल्न आएकालाई लुगा पसलेले १० रुपैयाँ दिए, जुत्ता पसलेले पाँच रुपैयाँ । त्यही पनि उनीहरु हात थापेर हिँडे । नेपालीले अहिले आएर पैसाको महत्व बुझेछन् । पैसाको महत्व सबैले बुझ्नुपर्छ । माग्न आउने र देउसी–भैलो खेल्न आउनेलाई हरेक व्यक्तिले आफ्नो इच्छाअनुसार पैसा दिने हो । दिएपनि आफ्नै मर्जी, नदिएपनि आफ्नै । दिनैपर्छ भन्ने जबरजस्ती छैन् । यता, कानुनले यति पैसा दिनुपर्छ भनेर तोकेको पनि छैन् । पैसा कुनै व्यक्तिले निकाल्ने होइन् । सरकारले धेरै खर्च गरेर पैसा छापेको हुन्छ । त्यसैले पाँच पैसालाई पनि हेला गर्नुहुँदैन् । पैसा भनेको आखिर पैसा नै हो । कहिलेकाँही एक रुपैयाँ नपुग्दा सामान छोडेर हिँड्नुपर्छ । नेपालीहरुलाई पैसाको मतलब नै छैन् । पैसामाथि धुप बालिदिन्छन् । पानीमा भिजाइदिन्छन् । अबिर दलिदिन्छन् । यसले गर्दा राज्यलाई धेरै क्षति पुगेको छ । झन् चाडबाडमा त कति पैसा बिग्रिन्छ ?

बालबालिकाले रमाइलोको लागि देउसी–भैलो खेल्छन् । आर्थिक कमजोर भएकाले तिहार मनाउन । अझ यो वर्ष त धेरै उदाहरणीय क्रियाकलापहरु भएका छन् । दृष्टिविहिनहरुले भवन बनाउनका लागि देउसी–भैलो खेलेको खबरहरु बाहिरिएको छ । त्यसैले देउसी–भैलो खेल्नु राम्रो कुरा हो । सामाजिक कार्यका लागि देउसी–भैलो खेलेका छन् । पहिलेपहिले पैसाभन्दा पनि घरमा भएका सामान दिने चलन थियो । नाङ्लामा धान, सेलरोटी, फलफूल, चामललगायतका सामान हालेर देउसी–भैलो खेल्नेलाई दिने गरिन्थ्यों । देउसी–भैलो खेल्न आउनेहरुले पनि राम्रो भट्टयाउथें । अब अहिले त प्रायको घरमा धान नै हुँदैन् । यता, देउसी–भैलो खेल्नेहरुले सामान लैजान पनि मान्दैनन् । पैसा नै खोज्छन् । देउसी–भैलो खेल्नेले भट्टाइसकेपछि आशिष दिन्छन् । तर, अहिले त भट्टयाउन पनि जान्दैनन् ।

डिजे बजाउँछन्, नाच्छन् । भट्टयाउने त कसै–कसैले मात्र हो । हिन्दी गीत बजाउने प्रवृत्ति मौलाएको छ । पूराना संस्कृति हराएको छ । विस्थापना भएको छ । अब विस्तारै नाङ्लो त हराउँदै जान्छजस्तो देखिन थालेको छ । देउसी–भैलो खेल्नेले व्यवस्थित तरिकाले नदिने र दक्षिणा दिनेले पनि व्यवस्थित तरिकाले नदिने हो भने हाम्रो संस्कृति नै संकटमा पर्दछ । देउसी–भैलोको अर्थ पैसा कमाउनु मात्र हो । पैसा दिनु संस्कृतिको जगेर्ना गर्नु होइन् । सरकारले चाड मनाऔं भनेको छ । चाडको संरक्षण कसरी गर्ने ? संस्कृति कसरी जोगाइराख्ने ? यो सर्वसाधारणको कुरा हो । नेपालमा हिन्दू धर्मावलम्बीहरु बढी छन् । नेपालीहरुले हरेक चाड धुमधामका साथ मनाउँछन् । चाहे त्यो स्वदेशमा बस्नेले होस् या विदेशमा । तर, पछिल्लो समय चाडबाड व्यापार गर्ने माध्यम बनेको छ ।

कतिपयले चाडबाडको नाममा व्यापार गरेका छन्, कतिपयले राजनीति । गच्छअनुसार सबैले चाडबाड मानिरहेका छन् । चाडबाड आएपछि नेपालीहरु हर्षित हुन्छन् । चाडबाडमा आफन्तसँग भेटघाट गर्न पाइन्छ । मिठोमसिनो खान, रमाइलो गर्न पाउने भएकाले बच्चादेखि बुढासम्म खुसी नै हुन्छन् । मठमन्दिरमा दर्शन गर्न जानेको भीड हुन्छ । तर, हाम्रो समाजमा दुई खाले व्यक्ति छन् । एउटा हुँदा खाने अर्को हुने खाने । मठमन्दिरमा कोही दर्शन गर्न जान्छन्, कोही त्यही मागेर गुजारा गरिरहेका हुन्छन् । तिहारमा हामीले गाई, गोरु, काग, कुकुरलाई खान दिन्छौं, पूजा गर्छौं । तर, तिहारमै हामीलाई तिनको आवश्यकता पर्दछ । कुकुरलाई हामी अरु बेला खानसमेत दिँदैनौं । हिर्काउँछौं, कुट्छौं । गाई राख्छौं, गोरु लगेर सडकमा छोडिदिन्छौं । असार १५ मा हामी दही चिउरा खान्छौं, साउन १५ मा खीर ।

जनैपूर्णिमा क्वाटी, तीजमा दर । दशैंमा मासु र तिहारमा सेलरोटी । अहिले त यो चलन पनि हराएको छ । मासु त अरु बेला पनि खाइन्छ । तर, कतिपयको घरमा ताई पनि छैन् । सेलरोटी पकाउन छोडिएको छ । सेलरोटी खानका लागि बजार धाउनुपर्ने अवस्था आएको छ । घरघरमा रोटी पकाउने चलन पनि विस्थापना भयो । पूरा कुरालाई बिसिँदै जाने र नयाँ कुरा मात्र अँगाल्ने हो भने नयाँ पुस्ताले के सिक्छन् ? केही वर्षमा सेलरोटी भनेको के हो ? भनेर सोध्न बेर छैन् । चाडबाड के हो ? किन मनाउने ? यो पुस्तकमा समेट्नुपर्छ । हाम्रो रितिरिवाज के हो ? यसलाई कसरी संरक्षण गर्ने ? सरकारले जनचेतना फैलाउनुपर्छ । घरबाटै संस्कृतिको जगेर्नाका लागि पहल गरिनुपर्छ । यसका लागि अभिभावक पनि जिम्मेवार हुनुपर्छ । चाडबाडलाई पैसासँग दाँज्न छोडौं । पहिले प्रत्येक घरमा आँगन हुन्थ्यो । देउसी–भैलो खेल्न आउनेहरु आँगनमा नाचगान गर्दथें । अहिले त सबै घरमा गेट छन् । कहाँ नाँच्नु ? गेट बाहिरै बसेर भट्टयाउँछन् । दिए लिन्छन्, नदिए हिँड्छन् । बस्ती बढ्यो तर दिने कोही छैनन् । जसले गर्दा देउसी–भैलो संकटमा पर्यो । चाड सबैको हो । सबैले मिलीजुली चाडबाड मनाऔं । सरकारले सार्वजनिक बिदा दिएको छ । चाडबाडको संरक्षण गर्नु सबैको दायित्व हो । चाडबाड राम्रोसँग मनाउनुपर्छ । शान्तिपूर्ण रुपमा चाडबाड मनाऔं ।
अनुसा थापा
भक्तपुर