• गृहपृष्ठ
  • यमपञ्चकको तेस्रो दिन आज गाईको पूजा गरी मनाइँदै

यमपञ्चकको तेस्रो दिन आज गाईको पूजा गरी मनाइँदै

Nov 13th, 2023

काठमाडौ २७ कार्तिक

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ। कार्तिक शुक्ल प्रतिपदाको दिन गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा छ ।

गाईको दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ।
स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व रहेको बताइएको छ।

गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ।