• गृहपृष्ठ
  • नेकपा एमाले महालक्ष्मी नगर कमिटि ललितपुरले चाडवाडको अवसर पारेर चियापान कार्यक्रम

नेकपा एमाले महालक्ष्मी नगर कमिटि ललितपुरले चाडवाडको अवसर पारेर चियापान कार्यक्रम

Nov 10th, 2023

ललितपुर, कार्तिक २४

नेकपा एमाले महालक्ष्मी नगर कमिटि ललितपुरले चाडवाडको अवसर पारेर चियापान कार्यक्रमको आयोजना गरेको छ ।
शुक्रबार लुभू पार्टी प्यालेस लुभूमा शुभ दिपावली, नेपाल सम्बत् १४४४ तथा छठ पर्व २०८० का पावन अवसर पारेर महालक्ष्मी नगर कमिटिले शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गरेको हो ।

महालक्ष्मी नगर कमिटिका अध्यक्ष हरिगोबिन्द श्रेष्ठको अध्यक्षता र कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित चियापानका प्रमुख अतिथी श्रेष्ठले एमालेको अगुवाईमा विधमान परिस्थितीमा परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो ।

बागमती प्रदेश सचिव नवराज शिलवालले बागमती अब विशेष भूमिकासहित अगाडी बढ्ने बताउनु भयो ।
उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्यद्वय बाबुराम थापा, हरिकृष्ण व्यञ्जनकार, केन्दिय लेखा आयोग सदस्य एंवम् बागमतीका पूर्व स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, एमाले ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य, संघिय सांसद प्रेम महर्जन, बागमती प्रदेश सांसद प्रेमभक्त महर्जन, रविभक्त महर्जन, बागमती प्रदेश सदस्य निर्मला थापा, नगर कमिटि पदाधिकारी, सदस्यहरू तथा १० ओटै वडा कमिटिका पदाधिकारीसहित एमालेका कार्यकताहरूको बाक्लो उपस्थिती रहेको थियो ।