• गृहपृष्ठ
  • अन्तर्राष्ट्रिय जलविद्युत संघको उपाध्यक्ष निर्वाचित सुशील पोखरेललाई इप्पानको बधाई

अन्तर्राष्ट्रिय जलविद्युत संघको उपाध्यक्ष निर्वाचित सुशील पोखरेललाई इप्पानको बधाई

Nov 10th, 2023

काठमाडौं, कार्तिक २४
अन्तर्राष्ट्रिय जलविद्युत संघ (आईएचए)को उपाध्यक्ष निर्वाचित सुशील पोखरेललाई इप्पानले बधाई दिएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का सल्लाहकारसमेत रहेका पोखरेललाई इप्पानले एक कार्यक्रम बयोजना गरी सम्मान पत्र सहित बधाई तथा शुभकामना दिएको हो । इप्पानमा आयोजित कार्यक्रममा इप्पान अध्यक्ष गणशे कार्कीले पोखरेललाई सम्मानपत्र प्रदान गर्दै नेपालको जलविद्युत क्षेत्रमा विदेशी लगानीकर्ता ल्याउनको लागि पोखरेलले अन्तर्राष्ट्रिय मञ्चमा पहल गर्ने विश्वसा व्यक्त गरे ।

पोखरेलले आईएचएमा नेपालको प्रतिनिधित्व गर्दै गर्दा नेपालको ऊर्जा क्षेत्र र यस क्षेत्रको छाता संगठन इप्पानलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने इप्पानको अपेक्षा रहेको उनले सुनाए । उपाध्यक्ष पोखरेलले आईएचएको प्लेटफर्म इप्पानका लागि समेत प्रयोग गरेर नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा जलविद्युत लगायतका हरित ऊर्जामा लगानीको लागि गन्तव्य मुलुक बनाउन सक्दो पहल गर्ने बताए । उनले इप्पान र आईएचको सहकार्यमा ऊर्जा क्षेत्रमा काम गर्ने समेत प्रतिवद्धता जनाए ।
आईएचएको साधारणसभामा नेपालको जलविद्युत लगायतका ऊर्जा क्षेत्रमा लगानीको लागि सहि समय छ भन्ने सन्देश दिएको र नेपालको बारेमा सुन्दा उनीहरु निकै उत्साहित भएको पनि पोखरेलले बताए ।

उनले २०२५ को साधारणसभा युरोपमा हुने र त्यतिबेला नेपालबाट थप व्यक्तिहरु बोर्डमा जानेगरी तयारी गर्न इप्पान पदाधिकारीहरुलाई आग्रह गरे । उनले २०२७ मा हुने साधारण सभा नेपालमा गर्नको लागि अहिले देखि नै लागि पर्ने पनि बताए । नेपाल लगानीका लागि राम्रो छ भनेर मात्रै नहुने भन्दै साँच्चै विदेशी लगानीकर्ता ल्याउने हो भने यो यो कारणले नेपाल उत्तृकष्ट छ भनेर जानुपर्ने पोखरेलको धारणा छ ।

आईएचएमा जलविद्युत उत्पादनमा सक्रिए विश्वका १२० देशका जलविद्युत प्रवर्द्धक, उपकरण उत्पादक, कन्सलट्यान्ट लगायत यस क्षेत्रमा सक्रिय विभिन्न कम्पनीहरुहरु सदस्य रहन्छन् । आईएचएमा नेपालबाट बीजबेल, ऊर्जा डेभलपर र हाइड्रो कन्सल्ट गरी ३ वटा कम्पनीहरु मात्र सदस्य रहेका छन् । आईएचएमा सेन्ट्रल एसिया र साउथ एसिया क्षेत्रका नेपाल, भारत, भुटान, बंगलादेश, पकिस्तान, ताजकिस्तान लगायतका २८ देशको प्रतिनिधित्व गरेर आईएचएको बोर्ड उपाध्यक्ष हुने पोखरेल एक्ला व्यक्ति हुन् ।