• गृहपृष्ठ
  • नेटा भी : धन्तेरसमा विशेष छुट, २ लाख ८० हजार डाउनपेमेन्टमै कार

नेटा भी : धन्तेरसमा विशेष छुट, २ लाख ८० हजार डाउनपेमेन्टमै कार

Nov 10th, 2023

काठमाडौं, कार्तिक २४

धन्तेरसमा नेटा भी विद्युतीय कार खरिदमा विशेष छुट योजना सार्वजनिक भएको छ । नेटा भीको नेपालका लागि आधिकारिक विक्रेता सीजी मोटर्सले विशेष अफर ल्याएको हो। कम्पनी ल्याएको अफर अन्तर्गत अब नेटा भी डाउन पेमेन्टमा लिन चाहने ग्राहकहरुले ३८.९९ लाखको २० प्रतिशतले हुन आउने ७ लाख ८० हजार रुपैयाँ डाउन पेमेन्ट गर्नु पथ्र्यो । तर, कम्पनीले डाउन पेमेन्टको रकम मध्य ५ लाख बराबर रुपैयाँ क्यास ब्याक अफर दिएकाले २ लाख ८० हजार मात्रै डाउन पेमेन्ट गर्दा पुग्छ ।

यो योजना सिमित अवधीको लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ । नेपालभरका सम्पूर्ण शोरुम बाट यो सुबिधा उपलब्ध हुने छ । नेटा भी क्रसओभर सेग्मेन्टमा बोल्ड लुक्समा पियोर ईभी प्लेटफर्ममा उत्पादित ईभी हो । जसमा कम्पनीले ३८.५ किलोवाट पावर क्षमताको ब्याट्रीको साथमा ७० किलोवाट क्षमताको मोटर प्रदान गरेको छ । जसले १६० एनएमको टर्क उत्सर्जन गर्ने क्षमता राख्दछ ।

करिब २० मिनेटको समयमा नै ३० देखि ८० प्रतिशत फास्ट चार्ज हुने गाडीले फूल चार्जमा ३८० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ । विश्वकै ठुलो ब्याट्री उत्पादक कम्पनी ‘सिएटीएल’लेउत्पादन गरेको लिथियम आयोन ब्याट्री प्रयोग भएको नेटा भी को ब्याट्रीसहित मोटरमा कम्पनीले १ लाख ५० हजार किलोमिटर वा ८ वर्षको वारेन्टी प्रदान गरेको छ ।