• गृहपृष्ठ
  • बौद्धिक अपाङ्गता भएका व्यक्तिका हितमा अध्ययन प्रतिवेदन एवं मोबाईल एप सार्वजनिक

बौद्धिक अपाङ्गता भएका व्यक्तिका हितमा अध्ययन प्रतिवेदन एवं मोबाईल एप सार्वजनिक

Nov 10th, 2023

काठमाडौं, कार्तिक २४

बौद्धिक अपाङ्गगता अभिभावक महासंघ नेपालले मुलुकमा बौद्धिक अपाङ्गता भएका व्यक्तिका लागि अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।
महासंघले आयोजना गरेको कार्यक्रममा बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई रोजगारी सिर्जना गर्ने सम्भाव्यताको खोजिका साथ उक्त प्रतिवेदन प्रस्तुत गरेको हो ।
सो प्रतिवेदनले यस किसिमका व्यक्तिलाई स्वतन्त्रताका साथै नयाँ अवसरहरु एवं मर्यादा र आत्मसम्मान, आत्म निर्णय र आत्म विश्वासलाई बढवा दिने काम गर्ने कार्यक्रममा बताइएको थियो ।
रोजगारको अभावमा अपाङ्गता भएका व्यक्तिहरुको शिक्षा र स्वास्थ्य लगायत दैनिक जीवनका आधारभूत आवश्यकताहरु परिपूर्ति गर्न विभिन्न कठिनाइहरुको सामना गर्नु नपरोस भन्ने प्रतिवेदनको उद्देश्य रहेको छ ।

अभिभावक महासंघ नेपालका अध्यक्ष राजु बस्नेतले उक्त प्रतिवेदनमा सो तवरका व्यक्तिको उमेर समुह, अपाङ्गताबारे संभावित रोजगारदाताको जानकारी, सो अपाङ्गता भएका व्यक्तिको रोजगारीमा संलग्नता प्रतिको धारणा तथा रोजगारदाताको धारणा एवं रुची, अभिभावकको धारणा, सो तवरका व्यक्तिको धारणा, सो व्यक्तिका लागि संभावित कामहरु, पहिलेनै सो अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारी दिने रोजगार प्रदायकहरुको धारणा, कामको गुणस्तर, सो तवरका व्यक्तिका राम्रा पक्षहरु, सरकार तथा गैर सरकारी संस्थाहरुलाई सिफारिस आदि बारेमा उल्लेख गरिएको जानकारी गराए ।

त्यसैगरी म्याङगो सफटवेयरका प्रमुख कार्यकारी अधिकृत डा. संविधान आचार्यले सो एपले यस किसिमका व्यक्तिले कसरी आफ्नो काममा अघि बढ्ने भन्ने जानकारी गराउने धारणा राखे ।
बौद्धिक अपाङ्गगता अभिभावक महासंघ नेपाल बौद्धिक अपाङ्गता भएका व्यक्ति र तिनका अभिभावकद्धारा सञ्चालित बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार संरक्षण र संवद्र्धनका लागि विसं २०६८ सालदेखि क्रियाशिल बौद्धिक अपाङ्गताको क्षेत्रमा काम गर्ने राष्ट्रिय स्तरको छाता संस्था हो । जसमा बौद्धिक अपाङ्गता भएका व्यक्ति र तिनका अभिभावकहरुले सञ्चालन गर्दै आएका ५३ संस्थाहरु आवद्ध छन् भने ६१ जिल्लामा सञ्जाल विस्तार छ ।