ठेचोमा मण्डला प्रतियोगिता हुने

Nov 9th, 2023

ललितपुर, कार्तिक २४
गोदावरी नगरपालिका १२ ठेचोमा नेपाल संवत् ११४४ को अवसरमा मण्डला प्रतियोगिता हुने भएको छ । मण्डला प्रतियोगिता प्रत्येक वर्ष नेपाल संवतको उपलक्ष्यमा आयोजना हुने गर्दछ ।

यहि कार्तिक २८ गते मंगलबार झी झी पुचः ठेचोको आयोजनामा चौथों ललितपुर जिल्ला व्यापि रनिङ्ग शिल्ड मन्दः (मण्डला) प्रतियोगिता हुन लागेको झी झी पुचः का अध्यक्ष अनिल महर्जनले बताए । यस मण्डला प्रतियोगितामा उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री, बागमती प्रदेश माननीय राम कृष्ण चित्रकारको प्रमुख अतिथिमा हुन लागेको आयोजकले जानकारी दिए ।

उक्त प्रतियोगितामा पहिलाे हुनेलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार नगद पुरस्कारका रहेको छ ।