• गृहपृष्ठ
  • हाइलाइफ ब्राण्डका नेपाली उत्पादन अब अष्ट्रेलियामा बिक्री वितरण हुने

हाइलाइफ ब्राण्डका नेपाली उत्पादन अब अष्ट्रेलियामा बिक्री वितरण हुने

Nov 9th, 2023

काठमाडौं, कार्तिक २३

हाइलाइफ ब्राण्डका नेपाली उत्पादन अष्ट्रेलियामा बिक्री वितरण हुने भएको छ । हाइलाइफ एग्रो एण्ड फुड इन्डष्ट्रिज लिमिटेडले अष्ट्रेलियाको लागि आफ्नो आधिकारिक बिक्रेतामा निलगिरी ग्रुपलाई नियुक्त गरेको छ । निलगिरी ग्रुपका हेड अफ सेल्स एण्ड इन्टरनेशनल सोर्सिङ सचिन पोखरेलको उपस्थितिमा सम्झौता गरिएको हो । निलगिरी आधिकारिक बिक्रेता नियुक्त भएसँगै हाइलाइफका नेपाली उत्पादन अष्ट्रेलियामा निर्यात सुरु भएको छ ।

हाइलाइफका उत्पादनहरु नेपालमा लोकप्रिय बन्न सफल छन् । अब अष्ट्रेलियामा पनि हाइलाइफका प्रडक्ट धेरैको रोजाईमा पर्ने कम्पनीले विश्वास लिएको छ । ‘अष्ट्रेलियामा धेरै नेपालीहरु बसोबास गर्ने भएकाले नेपाली प्रडक्टले अझ बढी माया पाउनेमा हामी विश्वस्त छौं,’ निलगिरी ग्रुपका लागि नेपालका कन्ट्री म्यानेजर अञ्जु बरालले भनिन् । हाइलाइफ नेपाली बजारमा एफएमसिजी प्रडक्ट बिक्री वितरण गर्दै आइरहेको प्रशिद्ध ब्राण्ड हो । हाइलाइफका सबै प्रडक्टहरु स्वस्थकर रहेको कम्पनीले जनाएको छ । हाइलाइफले नेपाली बजारमा एफएमसिजी ब्राण्डमा आक्रामक रुपमा बजार बिस्तार गर्न सफल छ । देशव्यापी नेटवर्क मार्फत हाइलाइफका प्रडक्ट बिक्री हुँदै आइरहेको छ ।

हाइलाइफ ब्राण्डका चिउरा, कर्नफ्लेक्स, ओट्स, चिया सिड्स, सोयाविन, ग्रीन टि लगायतका प्रडक्ट बजारमा लोकप्रिय छन् । कम्पनीले चिजबल लगायतका स्न्याक्सहरु पनि बजारमा उपलब्ध गराइसकेको छ । स्न्याक्सका प्रडक्टमा पनि बजारबाट राम्रो प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ ।

निलगिरीले पहिलो चरणमा अष्ट्रेलियाका लागि हाइलाइफका उत्पादन निर्यात गरिसकेको छ । आगामी दिनमा त्यहाँको आवश्यकता अनुसार निर्यात गर्ने बरालले जानकारी दिइन् ।