नेकपा एसका ३५ जना नेकपा एमाले प्रवेश

Nov 9th, 2023

ललितपुर कार्तिक २३,
ललितपुर नेकपा एस परित्याग गरि नेकपा एमाले महालक्ष्मीनगर पालिकाबाट ३५ जनाले नेकपा एमालेमा प्रवेश गरेका छन् ।
प्रवेश गर्नेमा नेकपा एस नगरकमिटी अध्यक्ष तथा महालक्ष्मी नगरपालिका मेयर पदमा उम्मेदवार दिएका नकुल थापा, नेकपा एसबाट महालक्ष्मीनगर पालिका वडा नं.७ बाट वडा अध्यक्ष उम्मेदवार दिएका भरत थापा वडा सदस्य उम्मेदवार सादुराम श्रेष्ठ, राष्ट्रिय खेलकूल महासंघका ललितपुरका जिल्ला कमिटी सदस्य अस्टबहादुर महर्जन लगायत रामभक्त खनाल, अप्सरा मैनाली, सुरेन्द्रमान अमात्य, देवेन्द्र वाग्ले, सानोबावु थापा, नानीकाजी थापा लगायत ३५ जनाले नेकपा एस परित्याग गरी नेकपा एमाले प्रबेश गरेका हुन ।

आज ललितपुर जिल्ला कमिटीद्वारा नेकपा एमालेको शुभकामना आदान प्रदान कार्यक्रममा पार्टी प्रवेश गरेका थिए ।