• गृहपृष्ठ
  • काठमाडौं महानगरुले प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक

काठमाडौं महानगरुले प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक

Nov 8th, 2023

काठमाडौं, कार्तिक २२

काठमाडौं महानगरपालिकाले प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक लगाएको छ । तिहार लक्षित गरेर घर, पसलहरू सजाउनको लागि प्लास्टिकका फूल, माला तथा सजावटका सामान किनबेचमा रोक लगाएको हो । 

काठमाडौं महानगरले त्यस्ता सामान किनबेच गरेको पाइएमा जफत गरिने जनाएको छ । महानगरले त्यसका लागि महानगर प्रहरी नै परिचालन गरेको छ । त्यस्ता प्लास्टिकका सामान पसलहरूमा देखेको खण्डमा नगर प्रहरीले जफत गर्न थालेको छ ।

महानगरले दीपावली तथा छठ पर्वमा घर, पसलहरूमा प्राकृतिक फुलहरूको प्रयोग गर्न अनुरोध गरेको हो ।