• गृहपृष्ठ
  • सडकमा छाडिएका चौपायालाई काञ्जी हाउसमा राख्ने काठमाडौँ महानगरपालिकाकाे तयारी

सडकमा छाडिएका चौपायालाई काञ्जी हाउसमा राख्ने काठमाडौँ महानगरपालिकाकाे तयारी

Nov 8th, 2023

काठमाडौँ २२ कार्तिक

काठमाडौँ महानगरपालिकाले सडकमा भेटिएका गाईबाच्छा (चौपाया) संकलन गरेर काञ्जी हाउसमा राख्ने भएको छ।

महानगरका मेयर बालेन साहले महानगरभित्र भेटिएका गाईबाच्छा दक्षिणकाली नगरपालिका–७, कोपुगाउँमा राख्ने बताएका छन्। उक्त कार्य भोलिदेखि सुरु गर्ने साहको भनाइ छ।

सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘सडकमा छाडिएका चौपायाले खान पाएका छैनन्, तिर्खा लागेका बेला पानी पाउँदैनन् , बिरामी पर्दा उपचार पाउँदैनन् । सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ, उनीहरूलाई यी जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागेका हौँ।’

काञ्जी हाउसमा लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरेर ल्याइसकेको तथा दक्षिणकाली नगरपालिका–७ सँगको सहकार्यमा पानी, बिजुलीलगायत सुविधाको प्रबन्ध मिलाइएको उनको भनाइ छ।