• गृहपृष्ठ
  • जाजरकोटबाट फर्किएपछि प्रधानमन्त्रीलाई रवि लामिछानेकाे यस्ताे सुझाव

जाजरकोटबाट फर्किएपछि प्रधानमन्त्रीलाई रवि लामिछानेकाे यस्ताे सुझाव

Nov 8th, 2023

काठमाडौं २२ कार्तिक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम)बाट फर्किएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १४ बुँदे सुझाव दिएका छन् । 

लामिछानेले राहत व्यवस्थापन र वितरण, पीडितले तत्काल भोगेका समस्या र थप बन्दोबस्तीबारे प्रधानमन्त्रीलाई १४ सुझाव दिएका हुन् । राहत सामग्री जिल्ला प्रशासन कार्यालयमा थुप्रो लागेकोमा सरकारको ध्यानकर्षण गराउँदै सभापति लामिछानेले जनतालाई चिसोबाट बचाउन आग्रह गरेका छन् । 

उनले भूकम्प प्रभावित क्षेत्रमा पठाइएका त्रिपालको गुणस्तर राम्रो नभएकाले गुणस्तरीयताको मापन गरी पठाउन आग्रह गरेका छन् । सरकार छ भन्ने अनुभूति जनतालाई दिलाउन उनको आग्रह छ ।