कविताः यी खोलाको किनारमा

Nov 7th, 2023

यी खोलाको किनारमा, यी बगरहरूमा                

बगिरहेको खोलाको रमाइलो दृश्यमा

सधैँ खुसी रहने सुन्दर तिम्रो मनमा   

यी हरियाली फाटहरू, सुन्दर वस्तिहरूमा

यहाँका मनमोहक दृश्यहरूमा          

हिमालबाट खसेका झरनाहरूमा

सबै ठाउँहरूमा सधैँ तिम्रो साथमा हुनेछु  

म एउटा सहयात्री बनी साथमा रहनेछु

कलकल बग्ने खोलाहरूको आवाजमा 

यो मनलाई रमाउनेछु 

चिसो हावा लाग्ने ठाउँहरूमा 

सुन्दर यी हिमालको दृश्यहरूमा 

सुन्दर र शान्त यी ठाउँहरूमा

हुनेछु सधैँ तिम्रो साथमा  

बग्ने खोला बनी तिम्रो मनमा

बगिरहनेछु आफ्नो बेगमा

यी खोलाको किनारमा, यी बगरहरूमा 

बगिरहेको खोलाको रमाइलो दृश्यमा

सधैँ खुसी रहने सुन्दर तिम्रो मनमा  

यी हरियाली फाटहरू, सुन्दर वस्तिहरूमा 

 सबै ठाउँहरूमा सधैँ तिम्रो साथमा हुनेछु  

म एउटा सहयात्री बनी साथमा रहनेछु   

नाम -गोबिन्द राज ओझा (राजन)        

ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी