• गृहपृष्ठ
  • ज्योति विकास बैंकद्वारा भूकम्प पीडितका लागि आर्थिक सहयोग

ज्योति विकास बैंकद्वारा भूकम्प पीडितका लागि आर्थिक सहयोग

Nov 7th, 2023

काठमाडौं, कार्तिक २१

ज्योति विकास बैंकले जाजरकोट केन्द्रविन्दु भई गत शुक्रवार गएको भूकम्पबाट पीडितहरूको उद्धारका लागि आर्थिक सहयोग गरेको छ । बैंकले भूकम्पबाट पीडितहरूको उद्धार तथा सहयोगका लागि जाजरकोट जिल्ला प्रशासन कार्यालयको भूकम्प प्रभावित राहत कोषमा रू. ५ लाख आर्थिक सहयोग गरेको हो।

उक्त रकम बैंकका जाजरकोट शाखाका प्रबन्धक वीरेन्द्र बहादुर ऐडीले जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार र सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई हस्तान्तरण गरे । 

बैंकले जाजरकोटस्थित शाखामार्फत सरल वित्तीय सेवाका साथै संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत विभिन्न क्षेत्रमा समन्वय र सहयोग गर्दै आएको जानकारी दिएको छ । बैंकले आगामी दिनहरूमा पनि जाजरकोटस्थित शाखा कार्यालयमार्फत दीर्घकालीन र दीगो कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।

बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको जानकारी दिएको छ ।