• गृहपृष्ठ
  • प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

Nov 7th, 2023

काठमाडौं २१ कार्तिक

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाएका छन् । आज दिउँसो २ बजे सिंहदरबारमा संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतासँग छलफल गर्न बैठक बोलाइएको हो ।

गएको शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएको भूकम्पले मानवीय र भौतिक रूपमा ठूलो क्षति भएपछि प्रधानमन्त्रीले सोसहित समसामयिक विषयमा छलफल गर्न बैठक बोलाएको बताइएको छ ।

कात्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुम पश्चिममा गरी १५३ जनाको मृत्यु भइसकेको छ भने साढे ३ सय जना घाइते भएका छन् । यसैगरी दुवै जिल्लामा गरी १७ हजार ७ सय बढी घरहरु पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।