• गृहपृष्ठ
  • दीपावलीमा पोखरा घुम्न जाने सोचमा हुनुहुन्छ ?  नयाँ गाउँ रिसोर्टमा छन् छुटसहितका प्याकेज

दीपावलीमा पोखरा घुम्न जाने सोचमा हुनुहुन्छ ?  नयाँ गाउँ रिसोर्टमा छन् छुटसहितका प्याकेज

Nov 6th, 2023

काठमाडौँ, कार्तिक २०

कास्की जिल्लाको सराङकोटमा रहेको नयाँ गाउँ रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई चाडपर्वको उपलक्ष्यमा आकर्षक छुट प्याकेजको घोषणा गरेको छ । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गर्दै रिसोर्टले दीपावलीमा आकर्षक छुट प्याकेज ल्याएको सञ्चालक मिना धितालले बताइन् । उनका अनुसार यस भन्दा अघि रिसोर्टमा एक दिन बास बस्दा पाँच हजार शुल्क लाग्थ्यो भने अब चाडपर्व लक्षित छुट प्याकेजमा मात्र २५ सय भए आरामले एक दिन विताउन सकिने छ ।

जङ्गलको बिचमा रहेको रिसोर्टमा प्राकृतिक मनोरमसँगै रमाउन सकिने छ । यहाँ बाघको गुफा समेत अवलोकन गर्न पाइने छ । करिब दुई सय रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा विभिन्न खेलको मज्जा समेत लिन सकिन्छ । रिसोर्ट भित्रै चिल्ड्रेन पार्क, एरोपेलेन स्वीइङ, सिङगल स्वीइङ, स्काइ केभ वाक लगायतका खेलहरूको मज्जा लिन पाइन्छ । भने फोटो खिच्नको लागि रेन्बो पुलको समेत निर्माण गरिएको छ ।

रिसोर्टले एड्भेन्चर खेलहरूमा पनि विशेष छुट दिएको जनाएको छ । चिल्ड्रेन पार्क घुम्नको लागि २ सयको प्रवेश शुल्क लाग्थ्यो भने अब एक सय भए पुग्छ । त्यस्तै, एरोपेलेन स्वीइङ र सिङगल स्वीइङको शुल्क पाँच सय थियो भने अब दुई सय भए पुग्ने छ । स्काइ केभ वाक खेल खेल्न दुई सय लाग्थ्यो भने अब एक सय भए पुग्ने छ र रेन्बो पुलका लागि पनि एक सय भए पुग्ने रिसोर्टले जनाएको छ ।

जंगलको बीचमा रहेको रिसोर्टमा पुगेपछि आन्तरिक तथा बाह्य पर्यटकले मनमोहक प्रकृतिकसँगको साक्षात्कार गर्दै त्यही उत्पादन गरिएको अर्गानिक खाने कुराहरूको स्वाद लिन पाउने छन् । आउने पर्यटकहरूलाई अर्गानिक स्वाद दिने उद्देश्य सहित एग्रो टुरिजमको लक्ष्य लिएर सञ्चालनमा आएको रिसोर्टभित्र कालीज, लोकल कुखुरा, मौरी पालन, तरकारी उत्पादन, पशुपालन समेत गरिएको छ ।