• गृहपृष्ठ
  • पाटन अस्पतालमा इन्जेक्सनबाट औषधि दिएलगत्तै दुई बिरामीको निधन

पाटन अस्पतालमा इन्जेक्सनबाट औषधि दिएलगत्तै दुई बिरामीको निधन

Nov 6th, 2023

ललितपुर, कार्तिक २०

ललितपुरको पाटन अस्पतालमा इन्जेक्सनबाट औषधि दिएलगत्तै दुई बिरामीको निधन भएको छ ।

इन्जेक्सनबाट हिपारिन र सेफ्राएसम एन्टिबायोटिक औषधि दिएलगत्तै शनिबार साँझ ओखलढुंगाकी ९६ वर्षीया जनमाया राई र मकवानपुरका ६७ वर्षीय कृष्णबहादुर नगरकोटीको मृत्यु भएको हो ।

अस्पताल प्रशासनका अनुसार दुवै बिरामीलाई उच्च निमोनिया संक्रमण देखिएको थियो ।

शनिबार बिरामीको चेकजाँचका लागि राउन्डमा आएको नर्सको टोलीले बिरामीलाई इन्जेक्सनबाट औषधि दिएको थियो ।

मृतकका आफन्तले चिकित्सकको लापरवाहीका कारण बिरामीको निधन भएको आरोप लगाएका छन् ।