• गृहपृष्ठ
  • बैदेशिक रोजगारीको नाममा ठगी गर्ने गिरोह पक्राउ, यी हुन आरोपी

बैदेशिक रोजगारीको नाममा ठगी गर्ने गिरोह पक्राउ, यी हुन आरोपी

Nov 6th, 2023

काठमाडौँ २० कार्तिक

बैदेशिक रोजगारीको लागि चाहिने श्रम स्वीकृति लगायतका नक्कली कागजात बनाउने कार्यमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेका पत्रकार सम्मेलन गरी सार्वजनिक गरी उनीहरूलाई टोखा र स्वयम्भूमा सञ्चालित कारखानामा छापा मारी पक्राउ गरिएको जानकारी दिएको छ ।

नवलपुर मध्यविन्दु नगरपालिका–५ घर भएका ४५ वर्षीय जयराम श्रेष्ठ, गोरखा सिरानचोक गाउँपालिका–८ घर भई हाल टोखा बस्ने ३४ वर्षीय भक्तबहादुर थापा, काठमाडौँ महानगरपालिका(१ नक्साल बस्ने ३८ वर्षीय दीपक केसी र सल्यान रामपुर कालिमाटी गाउँपालिका–३ घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका इचङ्गुनारायण बस्ने ४२ वर्षीय बलबहादुर रावत रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द पन्थीले जानकारी दिएका छन् ।

नायब उपरीक्षक पन्थीका अनुसार विदेश जान लागेका व्यक्तिका कागजात शङ्कास्पद रहेको भनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कात्तिक १२ गते पठाइएका कागजातमध्ये सुजल हेङगजुको नामको श्रम स्वीकृति नक्कली देखिएकामा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उक्त कागजात बनाउने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको थियो ।

हालसम्म नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूमध्ये सल्यान घर भएका बलबहादुर रावतले टोखामा फ्ल्याट भाडामा लिएर कारखाना सञ्चालन गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार स्वयम्भूमा दीपक केसीले प्लसटुको नक्कली कागजात बनाउने कारखाना नै सञ्चालन गरेका थिए । उनीहरूले प्रहरी रिपोर्ट, श्रम स्वीकृति, प्लसटुको सर्टिफिकेट र नाता प्रमाणित पनि नक्कली बनाउने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

पछिल्लो समय बैदेशिक रोजगारीको नाममा हुने ठगी मौलाउदै गएको छ । विभिन्न प्रलोभन देखाइ बैदेशिक रोगगारीमा पठाइनिदे बहानमा ठगी गर्ने गिरोहको अनुुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।