• गृहपृष्ठ
  • सिटिजन्स बैंकले भूकम्पपीडितलाई २५ लाख सहयोग गर्ने घोषणा

सिटिजन्स बैंकले भूकम्पपीडितलाई २५ लाख सहयोग गर्ने घोषणा

Nov 5th, 2023

काठमाडौं, कार्तिक १९

जाजरकोट र रूकुमपश्चिमका भूकम्पपीडितलाई सिटिजन्स बैंक इन्टरनेसनलले २५ लाख सहयोग गर्ने घोषणा गरेको छ ।संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो रूपैयाँ बराबरको सहयोग गर्ने बैंकले घोषणा गरेको हो । 

जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रबार मध्यरातमा ६.४ रेक्टरको भुकम्प गएको थियो । भुकम्पबाट हालसम्म १५७ जनाको ज्यान गइसकेको छ भने केही दर्जन घाइते भएका छन् ।