• गृहपृष्ठ
  • राष्ट्रिय खेलकूद महासंघ महालक्ष्मी नगर कमिटी गठन

राष्ट्रिय खेलकूद महासंघ महालक्ष्मी नगर कमिटी गठन

Nov 4th, 2023

ललितपुर कार्तिक १८

ललितपुरको राष्ट्रिय खेलकूद महासंघ महालक्ष्मी नगर कमिटी गठन भएको छ । नवगठित कमिटीमा प्रकाश बानियाँ अध्यक्ष, उपाध्यक्ष जयन्ती महर्जन, कोषाध्यक्ष सुरेन्द्र महर्जन, सचिवमा निरञ्जन शर्मा, सहसचिव बलराम वाग्ले, सुरज थापा चयन भएका छन् । कमिटी गठित कमिटी नेकपा एमाले ललितपुरका इन्चार्ज हरिकृष्ण व्यञ्जनकारको प्रमुख आतिथ्यता भएको हो ।

कमिटी गठनका विशेष अतिथी नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा केन्द्रिय लेखा आयोग सदस्य रामेश्वर श्रेष्ठले कुनै पनि संघ संगठनमा रहदा हिसाब पारदर्सी राख्न अनुरोध गर्दै नबगठित कमिटीलाई शुभकामना बधाई दिएका थिए । अन्य अतिथिहरुमा बागमती प्रदेश कमिटी सदस्य रामहरि बजगाई र चिरिञ्जिीवी आचार्यले शुभकामना दिएका थिए ।

नेकपा एमाले ललितपुर जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्यले नव गठित कमिटी शुभकामना र अन्तराष्ट्रिय खेलाडीहरुलाई सम्मान गरेका थिए । सम्मान पाउने खेलाडीहरुमा बक्सिङ्गका प्रकाश थापा मगर, भलिबलका जुनु ताम्राकार, शान्ता सापकोटा, रजनी थापा, रुपा महर्जन र विजु महर्जनलाई सम्मान गरी खेल खेलाडीको विकासका लागि नेकपा एमाले पार्टीले सहयोग गर्ने धारणा राखे ।

राष्ट्रिय खेलकूद महासंघ महासचिव धर्म कुमार लामाले खेलाडीको खेल खेल्ने क्रममा खेलाडी घाइते भए खेलाडीको निशूल्क स्वास्थ्य उपचारको जिम्मा ट्रमा सेटरले गर्ने र खेल खेल्ने खेलाडीको पेन्सनको व्यवस्था मिलाउन पहल भैरहेको बताए ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य विना के.सी., पवन के. सी. महालक्ष्मी नगर कमिटी उपाध्यक्ष बैकुण्ठ बुढाथोकी, सचिव विनोद कडेल, पार्टी सचिवालय सदस्य तथा निकोशका नि.वर्तमान अध्यक्ष बिपिन कार्की निकोशकै केन्द्रिय सदस्य निलम बज्राचार्य, बागमती प्रदेश सदस्य केशव व्यञ्जनकार, ललितपुर जिल्ला कमिटी अध्यक्ष हरिशरण तामाङ्ग, जिल्ला कमिटी कोषाध्यक्ष राजन खड्का, सदस्य नविन राना मगर र सुरेन्द्र महर्जन, नेकपा एमाले महालक्ष्मी नगरकमिटी सदस्य तथा राष्ट्रिय यवा संघ केन्द्रिय सदस्य सुजित बस्नेत, बागमती प्रदेश कमिटीका सहसचिव माधव श्रीमाली, राष्ट्रिय युवा संघ महालक्ष्मी नगर कमिटी अध्यक्ष सम्राट जंग के.सी. लगायत पार्टी सदस्य तथा खेलाडीहरुको उपस्थिति थियो ।