• गृहपृष्ठ
  • जाजरकोटका भूकम्पपीडितको उद्वार र पुर्ननिर्माणको लागि वाग्मती सरकारले १ करोड ५० लाख सहयोग गर्ने

जाजरकोटका भूकम्पपीडितको उद्वार र पुर्ननिर्माणको लागि वाग्मती सरकारले १ करोड ५० लाख सहयोग गर्ने

Nov 4th, 2023

काठमाडौं १८ कार्तिक

जाजरकोटका भूकम्पपीडितको राहात, उद्वार र पुर्ननिर्माणको लागि वाग्मती प्रदेश सरकारले १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

वागमती सरकारले कर्णाली सरकारमार्फत सहयोग गर्ने भएको हो । नागरिक समाज, विभिन्न गैरसरकारी संस्था लगायत सबैलार्य विपदको घडीमा सहयोगमा जुट्न पनि प्रदेश सरकारले आग्रह गरेको छ ।

भूकम्पपीडितको उद्धारको लागि गृह मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरमार्फत प्रारम्भिक राहत सामाग्री पठाईसकेको छ । साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जाजरकोट, पश्चिम रुकुम, पूर्व रुकुम, रोल्पा, सुर्खेत, बाँके र दाङका टोलीहरू उद्दारमा खटिएका छन्। ती जिल्लाका मेडिकल टिमहरू समेत घटनास्थलमा पुगिसकेका छन्।

जाजरकोटको बारेकोट गाउँपालिका १, रामीडाँडा केन्द्र विन्दु बनाई गएराती ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी मृत्यु हुनेको संख्या १३२ पुगेको छ ।

जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ । ७० घाइते भएका छन् । रुकुम (पश्चिम)मा ४० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।