• गृहपृष्ठ
  • जाजरकोटको भुकम्पमा परी मृत्यु हुनेको संख्या १३२ पुग्यो

जाजरकोटको भुकम्पमा परी मृत्यु हुनेको संख्या १३२ पुग्यो

Nov 4th, 2023

काठमाडौं १८ कार्तिक

जाजरकोटको बारेकोट गाउँपालिका १, रामीडाँडा केन्द्र विन्दु बनाई ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३२ पुगेको छ ।

जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ । ७० घाइते भएका छन् । रुकुम (पश्चिम)मा ४० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ८५ जना घाइते भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रवक्ताहरूले दिएका छन् ।