• गृहपृष्ठ
  • महिलाको फोटो दुरुपयोग गरी ठगी गर्ने दुई जना पक्राउ

महिलाको फोटो दुरुपयोग गरी ठगी गर्ने दुई जना पक्राउ

Nov 3rd, 2023

काठमाडौं, कार्तिक १७

समाजिक सञ्जालबाट महिलाको फोटो दुरुपयोग गरी ठगी गर्ने दुई जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी (प्रहरी उपरीक्षक) रविन्द्र रेग्मीले पक्राउ पर्नेमा मोरङको बिराटनगर-६ का २४ वर्षीय गौरब जैन र भोजपुरको भोजपुर-९ का ३३ वर्षीय शैलेन्द्र श्रेष्ठ रहेको जानकारी दिनुभयो ।

समाजिक संजालमा फोनमार्फत् महिलालाई सम्पर्क गर्न सकिने र महिलाहरुको फोटोसमेत उपलब्ध गराएर छनौट गरे अनुसारको मूल्य तिरेपछि केटी उपलब्ध गराइने भन्दै समाजिक संजालमार्फत् ठगी गरेको आरोपमा प्रहरीले उनीहरुलाई बिहिबार बिराटनगरबाट पक्राउ गरेको हो ।

उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाईएको छ ।