• गृहपृष्ठ
  • अध्ययन भन्छ: सहकारीमा देखिएको अवस्थाको जिम्मेवारी सञ्चालकले लिनुपर्छ

अध्ययन भन्छ: सहकारीमा देखिएको अवस्थाको जिम्मेवारी सञ्चालकले लिनुपर्छ

Nov 3rd, 2023

काठमाडौं, कार्तिक १७

अहिले धेरै सहकारी समस्यामा रहेको पाइन्छ। कुनै पनि सहकारीले बचतकर्ताको बचत फिर्ता दिन नसकेको अवस्था छ । यता, बचतकर्ताले सहकारीमा बचत गर्न नै छोडिदिएका छन् ।

सहकारी सञ्चालनमा जे जस्तो कारणले समस्या देखिएको भएपनि त्यसको मुख्य जिम्मेवारी सम्बन्धीत सहकारीको सञ्चालकले लिनुपर्ने एक अध्ययनले देखिएको हो ।

सहकारी सुधार सुझाव कार्यदलले गरेको अध्ययन (सर्वेक्षण) मा सहभागी ५३.४५ प्रतिशतले सम्बन्धीत सहकारीको सञ्चालकले लिनुपर्ने बताएको हो । त्यस्तै २२.६१ प्रतिशतले सरकार, १५.९९ प्रतिशतले सम्बन्धीत सहकारीका सदस्यले र ७.९५ प्रतिशतले संघहरुले लिनुपर्ने बताएको हो ।

यस अध्ययनबाट सहकारीको समस्या समाधान गर्न सहकारीका सञ्चालक नै अग्रसर हुनुपर्ने स्पष्ट हुन्छ । कार्यदलले गरेको अध्ययनमा ११७९ मध्येबाट ६६ प्रतिशतले सहभागिता जनाएका थिए ।