सामान्य अंकले घट्याे नेप्से

Nov 2nd, 2023

काठमाडौं, कार्तिक १६

आज प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेकाे छ । सेसन अवधिमा नेप्से ०.२९ अंक घटेर १८५८.२६ को विन्दुमा झरेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ ।

यो सेसनअवधिमा ६ स्टकको १७५ कित्ता शेयर किनबेच भयो । जसमध्ये २ स्टकको मूल्य बढेको छ भने ४ वटा स्टकको मूल्य घटेको छ । शेयर किनबेचबाट ५० हजार ९९६ रुपैयाँ बराबरको कारोबार भएको छ ।