• गृहपृष्ठ
  • आजदेखि संसदको चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

आजदेखि संसदको चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

Nov 2nd, 2023

काठमाडौं १६ कार्तिक

सरकारले संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

आज मध्यराति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरिएको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।