• गृहपृष्ठ
  • १० महिनामा भित्रिए आठ लाख पर्यटक, कुन देशबाट कति आए ?

१० महिनामा भित्रिए आठ लाख पर्यटक, कुन देशबाट कति आए ?

Nov 1st, 2023

काठमाडौँ, कात्तिक १५

सन् २०२३ को १० महिनामा आठ लाख नौ हजार छ सय ७८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या सन् २०१९ को १० महिनाको तुलनामा १०६ प्रतिशतले बढी हो।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि अक्टोबर महिनासम्म सो सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।

अक्टोबर महिनामा मात्रै हवाई मार्ग भएर एक लाख १७ हजार तीन सय छ पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२२ को सोही अवधिमा ८८ हजार पाँच सय ८२ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९ मा एक लाख १३ हजार आठ सय १६ पर्यटक नेपाल आएका थिए ।

अक्टोबरमा सबैभन्दा बढी भारतबाट १८ हजार चार सय ८०, अमेरिकाबाट १४ हजार आठ सय ७९, बेलायतबाट आठ हजार दुई सय १७, चीनबाट छ हजार आठ सय ८०, अष्ट्रेलियाबाट छ हजार ७५, जर्मनीबाट पाँच हजार नौ सय ११, फ्रान्सबाट पाँच जहार दुई सय ७१, बङ्गलादेशबाट चार हजार दुई सय ९२, श्रीलङ्काबाट दुई हजार पाँच सय ७ र इटालीबाट दुई हजार चार सय ६७ पर्यटक नेपाल आएका थिए ।

यस्तै, बेलायतबाट ८ हजार २१७ र चीनबाट ६ हजार ८८० पर्यटक आएको बोर्डले जनाएको छ । अष्ट्रेलियाबाट ६ हजार ७५ पर्यटक नेपाल आएका छन्। त्यसैगरी जर्मनीबाट ५ हजार ९१६ पर्यटक, फ्रान्सबाट ५ हजार २७१ पर्यटक, बंगलादेशबाट ४ हजार २९२ पर्यटक, श्रीलंकाबाट २ हजार ५०७ पर्यटक र इटालीबाट २ हजार ४६७ जना पर्यटक नेपाल आएका छन् ।