कविताः शान्ति छ देशमा स्वतन्त्र

Nov 1st, 2023

शान्ति छ देशमा स्वतन्त्र रूपमा बसेको छु 

सत्य को गहिराईबाट यी शब्द छानेको छु 

माटोका महान सन्तान जसले देशको लागि ज्यान दिए

मातृभूमिको लागि हातमा हात मिलाएर अगाडी बढे

देशको लागि  प्राण आहुति दिने महान सहिदहरुलाई नमन गरौ

यो लडाई हामि सबै मिलेर लड्ने गरौ

विचार गरौ देश कसरी सुरक्षित हुन्छ

जहाँ मन भयरहित हुन्छ शिर ठाडो हुन्छ

म मेरो राष्ट्रलाई माया गर्छु

कहाँबाट शब्द निस्कन्छ पत्ता लगाउदै छु

शान्ति छ देशमा स्वतन्त्र रूपमा बसेको छु 

सत्य को गहिराईबाट यी शब्द छानेको छु

नाम -गोबिन्द राज ओझा (राजन) 

ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी