• गृहपृष्ठ
  • एनआरएनएका अध्यक्ष आरके शर्मामाथि युवा संघका कार्यकर्ताको दुर्व्यवहार र हातपात

एनआरएनएका अध्यक्ष आरके शर्मामाथि युवा संघका कार्यकर्ताको दुर्व्यवहार र हातपात

Oct 31st, 2023

काठमाडौँ १४ कार्तिक

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्मासहितका अभियन्ताहरुमाथि हातपात भएको छ । एनआरएनए समानान्तर कमिटीका अध्यक्ष आरके शर्मामाथि युवा संघका कार्यकर्ताले दुर्व्यवहार गरेका हुुन् ।

संघको बालुवाटारस्थित कार्यालयमै शर्मालगायतमाथि हातपात र अभद्र व्यवहार भएको बताइएको छ ।
घटनापछि संघको कार्यालयमा अहिले प्रहरी पुगेको थियो । घटनापछि महेश बस्नेतसहिका युवासंघका कार्यकर्ता बाहिरिएका थिए ।

संघको ११ औँ महाधिवेशनमा बद्री केसी निर्वाचित भएपछि बद्रीलाई अध्यक्ष अस्वीकार गर्दै शर्माको नेतृत्वमा एनआरएनएको नयाँ कार्यसमिति तय भएको छ । तर शर्माले कार्यालयमा प्रवेश पाएका छैनन् ।

एनआरएनएको विवाद अझै सकिएको छैन । महाधिवेशनमा धाँधली गरेर केसी निर्वाचित भएको भन्दै विरोध भैरहेको छ ।