• गृहपृष्ठ
  • ट्राफिक चेकिङमा नागरिक एपमा देखाएकाे लाइसेन्सलाई मान्यता दिने

ट्राफिक चेकिङमा नागरिक एपमा देखाएकाे लाइसेन्सलाई मान्यता दिने

Oct 30th, 2023

काठमाडौं, कार्तिक १३

ट्राफिक प्रहरीले चेकिङका क्रममा नागरिक एपमा देखाउने सवारी चालक अनुमति पत्र (लाइसेन्स)लाई मान्यता दिने भएको छ। 

नागरिक एपको फेसबुक पेजमार्फत् सूचना जारी गर्दै सरकारले अब ट्राफिक चेकिङका क्रममा नागरिक एपमा देखाएको सवारी चालक अनुपति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको जनाएको हो । 

सवारी चालक अनुमति पत्र लिंक नभएकाले लिंक गर्न नागरिक एपले  आग्रहसमेत गरेको छ ।