कविताः मेरो दिलमा तिमिलाई…

Oct 29th, 2023

मेरो दिलमा तिमिलाई राखेको छु
तिमि बसेको हृदयमा कसलाई राख्न सक्छु
 
म जाँदै छु प्रिय तिमि आउनु है
तिमिलाई बोलाउन खोजेको हु टाढा नजाऊ है
मेरो मन सधैँ खुसी हुन्छ
मेरो भाग्यमा तिमि छौ तिम्रो प्यारो हुनु छ
 
तिमि छौ र पो मेरो जिन्दगी अर्थपूर्ण छ
सुन्दर ताकि खानि तिमि यी नयनले हेर्नु छ
तिम्रो गीत गाउनु छ आएको छु सँगै गाउन
सकेको छैन जिन्दगीको रहस्य कसैले थाहा पाउन
 
यहाँ गहिरो रहस्य छ कसैलाई थाहा छैन
माया पाइने संसारमा कुनै चिजको कमी छैन
यो जीवन सधैँ परिवर्तनशील कथा बोकेर हिँड्छ
के कुरा हो र तिम्रो मनमा लुकेको छ
 
के कुरा हो त्यो अलग राखेको छ
तिमि छौ र पो मेरो जिन्दगी अर्थपूर्ण छ
मेरो दिलमा तिमिलाई राखेको छु
तिमि बसेको हृदयमा कसलाई राख्न सक्छु

नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी