• गृहपृष्ठ
  • ०८४ मा सबै दललाई एकै पटक बाइबाइ गर्ने, एउटा सिट पनि नदिने -रबि लामिछाने

०८४ मा सबै दललाई एकै पटक बाइबाइ गर्ने, एउटा सिट पनि नदिने -रबि लामिछाने

Oct 28th, 2023

काठमाडौँ ११ कार्तिक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ मा सबै राजनीतिक दलहरूलाई बाइबाइ गर्ने बताएका छन् । उनले सबै दललाई पराजित गर्दै एउटा सिट पनि नदिने दावी गरेका छन् ।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “०८४ मा एकै पटक बाइबाइ गर्ने, एउटा सिट पनि नदिने हो ।”

उनले नयाँ दलका रूपमा २१ जना सांसद सदनमा आउँदा समेत कुनै पनि राजनीतिक दलहरूले जनताका लागि काम नगरेको बताए ।
उनले हत्या गर्नेहरूलाई संविधान दिवसका दिनमा मुक्ति दिएर नयाँ दल र जनतालाई के गर्न सक्छौ गर भन्ने चुनौती दिएको बताए । उनले आउने चुनावमा कुनै पनि दललाई एक सिट पनि जित्न नदिने दाबी गरे ।