ललितपुरबाट ६ जना जुवाडे पक्राउ

Oct 19th, 2023

ललितपुर, कार्तिक २

ललितपुरमा जुवा खेलेको आरोपमा ६ जना पक्राउ परेका छन् । महालक्ष्मी नगरपालिका वडा नम्बर ४ पवन प्रकृती स्कुल नजिकै एक घरबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ र ९४ हजार ९७० रुपैयाँ बरामद गरेको प्रहरी वृत्त सातदोबाटोले जानकारी दिएको छ । 

तास खेलिरहेका भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूलाई सातदोबाटोमा राखेर अनुसन्धान अघि बढाएको छ ।